काठमाडौं । राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो । अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ’, जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीबारे मतभेद भएता पनि अन्य पक्षहरुको बीचमा मतभेदहरूका बीचमा सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयत्न भइरहेको छ । तर हाम्रो पार्टी एमसीसीबारे त्यसप्रकारको कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा छैन । त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ ।’
विज्ञप्तिमा एमसीसीलाई सम्पूर्ण रुपले अस्वीकार गर्नुपर्छ भन्ने पार्टी पहिलेदेखि नै दृढ रहेको स्पष्ट गरिएको छ। एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरु हुने पनि जनमोर्चाको जिकिर छ । त्यो अवस्थामा त्यसलाई संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको भन्ने समाचार सत्य नभएको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
‘कतिपय पक्षहरु एमसीसीका लागि सहमत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामी त्यसका लागि सहमत नभएको कुरा सर्वविदित नै छ । हाम्रो पार्टी पनि पाँच दलीय गठबन्धको एउटा घटक हो । त्यो अवस्थामा हाम्रो पार्टी सहमत नहुँदै गठबन्धनमा त्यसका लागि सहमति भएको भन्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ पर्नु सही छ : चित्र बहादुर केसी
सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी