सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ पर्नु सही छ : चित्र बहादुर केसी

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, १२ : ५४
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ पर्नु सही छ : चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् ।

‘‍….सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर  आवाज उठाएको तर तर तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन् ।

सहकारी राष्ट्रिय समस्या भएको भन्दै राष्ट्रिय जनमोर्चाले यो समस्या समाधान गर्न सहकारीलाई नियमन गर्ने संयन्त्र बनाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस