काठमाडौं । नेपालगन्जको त्रिभुवन चोकमा १५ वर्षपछि राजा त्रिभुवनको शालिक पुनर्स्थापना गरिएको छ। राजावादीहरूको संस्था स्वतन्त्र बाँकेवासी जनताको नाममा शनिबार मध्यान्न १२ बजेतिर पुनस्थापना गरिएको हो।
धम्बोझीमा वीरेन्द्रको शालिक पुर्स्थापना गर्ने भनेर हल्ला चलाएर प्रहरीको आँखा छलेर त्रिभुवनको शालिक राखेका हुन्। ‘छापामार शैलीमा शालिक राख्न सफल भएका हौं’, शालिक राख्नेमध्येका एकले भने, ‘वीरेन्द्रको शालिक राख्दैछन् भनेर प्रहरी सबै धम्बोझीमा खटाइयो। यता त्रिभुवन चोकमा शालिक राख्न सफल भएका हौं।’, अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ फागुन २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्षपछि वीरेन्द्र चोकमा राखियो पूर्वराजा वीरेन्द्रको शालिक