काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन्।
निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतरनाक रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ुनिर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ। आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी ९दल र खेलाडी० ले नियम उलङ्घन ९फल्ट० गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ।ु फल्ट भएरनभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, ुहामी चाहन्छौँ, कसैले कसैलाई फल्ट गर्यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस्।ु
प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन भने । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ फागुन २०७८, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले पुराना दलसँग तालमेल नगर्ने
आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल
फ्रान्समा भोलि चुनाव, म्याक्रोनको पार्टी सर्वेक्षणमा पछाडी
भारतमा तेस्रो चरणको निर्वाचन आज, मोदीले गरे मतदान
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन शुरू