काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–१ ले स्तब्ध भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा आशिष लामा, मनिकुमार लामा र नवीन लामाले समान एक गोल गरे । जितसँगै एपीएफको रेलिगेसन डर अन्त्य भएको छ ।
अञ्जन विष्टले ३६औँ मिनेटमा हेडमार्फत गरेको गोलबाट मनाङले खेलमा अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटपछि एपीएफका लागि आशिष लामाले गोल फर्काए ।खेल सकिन दुई मिनेट बाँकी रहँदा एपीएफले थप दुई गोल गरेको थियो । मनिकुमारले ८१औँ मिनेटमा र नवीनले ८७औँ मिनेटमा समान एक गोल गरे । जितसँगै एपीएफ तालिकाको आठौँ स्थान उक्लदा मनाङ दोस्रो स्थानमा नै यथावत् छ ।
आजनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल निर्णायक बन्दा न्युरोड टिम एनआरटीले संकटालाई १-० ले पराजित गर्यो ।
जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १५ : ४४
लेखकबाट थप