सुनसरी । धरान-धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ । सुनसरीको धरान उपमहानगरपालिका-४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ ।
मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरिएको नेकपा एमाले धरान-१३ का सचिव विष्णु चौलागाईले बताए । तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरी निसाने जङ्गलमा हत्या गरी फालिएको मानिसको टाउको र दाहिने खुट्टा बरामत गरिएको डीएसपी नरेन्द्र कुवँरले जानकारी दिए ।
उनले घटनाको मुचुल्का तयार गरी टाउको र खुट्टा शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए । टाउकोमा दाह्री पलाएकाले खसआर्य समुदायको मानिसको हत्या भएको अनुमान गर्न सकिने उनको भनाई छ ।
घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको डीएसपी कुवँरले बताएका छन् । उनले घरबाट कोहि हराइरहेको भए तत्काल इलाका प्रहरी कार्यालय धरानमा परिवारका सदस्यलाई सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु
अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय