काठमाडौं । बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो ।
प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।
प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन । संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनलगायत महत्वपूर्ण काम गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय