काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै
धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो