अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाकी कार्यकारी अधिकृत (उपसचिव) लीला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारी र श्रेष्ठले बूढानीलकण्ठ नगरपालिका २ को बाँडेपाखामा रिजर्भ वायर (पानी ट्यांकी) निर्माणमा अन्तिम बिल भुक्तानी र कार्य अनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूस लिएका थिए ।
अख्तियार टोलीले उनीहरूलाई घूस रकमसहित अघिल्लो महिना पक्राउ गरेको थियो । अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ बैशाख २०७५, ०७ : १२
लेखकबाट थप