ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, ०९ : ३१
ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।मूर्ति हराएको २० दिनपछि शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा फेला परेको हो । 

महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको प्रहरीले जनाएको छ । 

उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस