जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त दुईवटा संसदीय समितिका सभापति आज मंगलबार चयन हुँदैछन् ।
सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको हो । सार्वजनिक लेखामा सभापतिमा सभापतिका लागि कांग्रेसबाट नरेशकुमार यादव र प्रतिपक्षी लोसपाबाट प्रल्हाद गिरिले उम्मेदवारी दर्ता गराएका छन् ।
कृषि समितिमा सत्तारुढ दलबाट नेकपा एकीकृत समाजवादीका मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन् । एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव भने प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
सार्वजनिक लेखा समितिमा कांग्रेस, कृषि समितिमा एस र प्राकृतिक स्रोतमा माओवादी केन्द्रले पाउनेगरी सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार उम्मेदवारी परेको हो । समाजवादीका मनिष सुमनले अर्थ तथा योजना समिति, अब्दुल कलाम अजादले विकास समिति र अशोक यादवले प्रदेश मामिला समितिको सभापति यसअघि नै पाइसकेका छन् ।
लेखा समिति सत्तारुढकै पोल्टामा, प्रतिपक्षीको विरोध
संसदीय व्यवस्थामा संसदको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले लिने प्रचलन छ । प्रदेश सभामा पनि सोही अभ्यास भइरहेको छ । तर, प्रदेश २ मा सत्तारुढ दलले नै सार्वजनिक लेखा समितिको सभापति पाउने भएपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेको छ ।
संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले पाउनुपर्ने मान्यता रहेकोले उक्त समितिको नेतृत्व पाउनुपर्ने लोसपाका प्रमुख सचेतक परमेशर साहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त