काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिकमको १८औं वार्षिकोत्सवका अवसरमा फाइभजी सेवा अघि बढाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनसँगै टेलिकमले फाइभजी सेवा विस्तारको लागि आपूर्तिकर्ता (सप्लायर्स) सँग छलफल अघि बढाइरहेको छ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ बमोजिम आपूर्तिकर्तासँग छलफल भइरहेको बताए। ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी सञ्चालनको लागि फ्रिक्वेन्सी प्राप्त भइसकेको छ,’ उनले भने, ‘फोरजीको जडान अन्तिम चरणमा पुगेपछि फाइभजीको परीक्षण गर्ने पूर्वयोजना नै थियो।
देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२० वटामा फोरजी सेवा विस्तार गरिसक्यौं। अब हामीले फाइभजी विस्तारको लागि आवश्यक तयारी गरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन