प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, स्थानीय निर्वाचनको मिती घोषणा गर्ने तयारी

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १० : ५१
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, स्थानीय निर्वाचनको मिती घोषणा गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । 

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस