बुटवलमा कार र ट्रक ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाईते

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, ०९ : ०९
बुटवलमा कार र ट्रक ठोक्किदा ३ जनाको मृत्यु, २ जना गम्भीर घाईते

बुटवल । बुटवलमा कार र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन्।

बुटवल तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका र घाइतेको परिचय खुल्न बाँकी छ। ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रवक्ता खाँणले बताए।