राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, १६ : २६
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।  दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ ।

महाष्टमी र महानवमीका दिन काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो थियो ।