नेपाल इन्भेष्टमेन्ट बैंकको 'गज्जब ६ मुद्दती खाता,' एक लाख रुपैयाँ राख्दा ६ लाख रुपैयाँ हुने

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १४ : ५४
नेपाल इन्भेष्टमेन्ट बैंकको 'गज्जब ६ मुद्दती खाता,' एक लाख रुपैयाँ राख्दा ६ लाख रुपैयाँ हुने

काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले 'गज्जब ६ मुद्दती खाता' सञ्चालनमा ल्याएको छ। ३६ औं वार्षिकोत्सवको अवसर पारेर ल्याइएको यो नयाँ योजनामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले जनाएको छ।

भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ।न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले उल्लेख गरेको छ।

सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विशेष योजना छ। मुद्दतीमा निक्षेप राखेर आकर्षक ब्याज लिन चाहनेलाई यो योजनाले आकर्षित गर्ने देखिएको छ। बैंकले सातै प्रदेशका ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र र १३१ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस