काठमाडौं । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका(३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ माघ २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
काठमाडौँमा दुई जनासहित दुर्घटनामा ६ जनाको मृत्यु
ओखलढुङ्गा जादै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु
कार र मोटरसाइकल ठोक्किए, प्रहरी जवानको मृत्यु