एजेन्सी । राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ ।
गत वर्ष सेनाको कुपछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ । प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन् । सरकारले प्रजातन्त्रबादी नेतृ आङ सान सू चीलाई घरमै नजरबन्दमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० माघ २०७८, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश