नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, २१ : ०१
नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौं । यसैबीच प्रहरीले काठमाडौँको भद्रकालीबाट आज नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

यहाँस्थित सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ ।

उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।