काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।
जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।
त्यस्तै, १० जना बिएन, बिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौ सैनिक रिहा