आन्दाेलनरत शिक्षकहरुले सडकबाटै गरे रक्तदान

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०८२, १३ : २०
आन्दाेलनरत शिक्षकहरुले सडकबाटै गरे रक्तदान

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज सडकमै रक्तदान गरेका छन् । नेपाल शिक्षक महासंघको आव्ह्रानमा आन्दोलनरत शिक्षकहरुले रक्तदान गरेका हुन् । महासंघले आज आन्दोलनको २३ औं दिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आन्दोलनमा सहभागी शिक्षकहरुले स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

सडकमै रक्तदानको कार्यक्रम आयोजना गरेको महासंघले यसलाई सांकेतिक विरोधको रुपमा लिएको जनाएको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै महासंघको आवहनमा देशभरका शिक्षकहरु २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् ।

उनीहरुले आन्दोलनलाई रचात्मक तरिका चर्काउँदै छन् ।

प्रतिक्रिया दिनुहोस