काठमाडौं । नेपाली सेनाको निम्तोमा चार जना अमेरिकी उच्च सैनिक अधिकारी नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा आउने चारै जना अमेरिकीहरु त्यहाँको सेनाका जिम्मेवार र विज्ञ अधिकारीहरु रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको निम्तोमा नेपाल आएका चार अमेरिकी सैनिक अधिकारीहरुमा जोसेफ अल्थोस, बबी रे ग्कर्डन, बेरार्ड केरी र रोबर्ट होलब रहेका छन् ।
उनीहरु शनिबार दिउँसो काठमाडौं अवतरण गरेका थिए । अमेरिकी सेनामा रहेर युद्द कौशलमा पोख्त रहेका ती चार अमेरिकी उच्च सैनिक अधिकारीहरु शनिबार दिउँसो TG319 नम्बरको थाइ एयरबाट काठमाडौं अवतरण गरेका हुन् ।
उनीहरुलाई नेपाली सेनाले विमानस्थलमा स्वागत गरेको थियो । उनीहरु झण्डै १५ दिन नेपालमा रहने बताइएको छ । नेपाली सेना र अमेरिकी इन्डोपाकम (U.S. Indo-Pacific Command – INDOPACOM) को संयुक्त आयोजनामा सोमबारबाट काठमाडौंमा ‘एक्सपट एकेडेमिक डिसकसन’हुन लागेको छ । यही छलफलमा भाग लिन उनीहरु नेपाल आएका हुन् ।
यो छलफल चैत १४ गतेसम्म चल्ने जनाइएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा चल्ने यो खालको छलफलमा नेपाली सेना तथा अमेरिकाबाट आएका यी चार उच्च सैनिक अधिकारीहरुको सहभागिता रहने छ ।
यो खालको कार्यक्रम यस अगाडी पनि भएको सेनाको भनाई छ । MPAT TE 40 अन्र्तगत दुवै देशका सैन्य अधिकारीका विज्ञ सम्मिलित छलफल काठमाडौंमा हुन लागेको हो । यसलाई टेवल टप एक्सरसाइजका रुपमा पनि दुवै देशका सेनाका अधिकारीहरुले लिएका छन् ।
‘एक्सपट एकेडेमिक डिसकसन’ नेपाली सेना र अमेरिकी इन्डोपाकमको संयुक्त आयोजनामा हुने एउटा विशेष कार्यक्रम हो। यो कार्यक्रममा सैन्य रणनीति, सुरक्षा अध्ययन, र क्षेत्रीय सुरक्षा मामिलामा विशेषज्ञहरूसँगको छलफलका लागि आयोजना गरिन्छ।
यसको मुख्य उदेश्य भनेकै द्विपक्षीय सैन्य सहकार्य सुदृढ गर्ने, सामरिक ज्ञान आदानप्रदान गर्ने र क्षेत्रीय सुरक्षा मामिलामा विशेषज्ञहरूसँग छलफल गर्ने रहेको बताइएको छ ।
नेपाल आएका जोसेफ शान्ति स्थापना, मानवीय सहायता, विपद् प्रतिक्रियाका लागि विज्ञ मानिन्छन् । बबी रे ग्कर्डन टेक्निकल सोलुसन्समा बहुराष्ट्रिय योजनाकार मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा
चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु