काठमाडौँ । सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ ।
नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम भएको सेनाको भनाइ छ ।
वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाले किन बोलायो अमेरिकाका यी चार सैनिक ?
चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु