काठमाडौं। उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाउने भएको छ । मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीले थप ३ हजार सेना पठाउने जनाएको हो ।
सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् । सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताए ।
मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन् तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए।
दक्षिण कोरियाका सेना प्रमुखले भने, 'जनवरी र फेब्रुअरीको बीचमा थप तीन हजार सैनिकलाई सुदृढीकरणको रुपमा पठाइएको अनुमान गरिएको छ ।'
रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।
'जनशक्तिका अतिरिक्त उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदको आपूर्ति जारी राखेको छ,' जेसीएसको प्रतिवेदनमा भनिएको छ, 'अहिलेसम्म उत्तर कोरियाले महत्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट उपलब्ध गराएको आँकलन गरिएको छ ।'
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा
दक्षिण कोरियासँगको सीमामा पर्खाल लगाउँदै उत्तर कोरिया
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन