चितवन । चितवनमा आज एकैदिन २६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १७५ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामा तीन जना थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार २५० जना पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ३८ जना रहेका छन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ४४० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति