कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, ०८ : २५
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ ।  

प्रतिक्रिया दिनुहोस