जनकपुर । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।
मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीवार साँझ ८:३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।
रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।
गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असोज २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सुरु
बाँकेका महिलाले दसैंमा बेच्दैछन् २५० खसी बोका