कानुनमन्त्री बडुलाई काेभिड संक्रमण

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, ११ : १९
कानुनमन्त्री बडुलाई काेभिड संक्रमण

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि काेभिड-१९ संक्रमण भएकाे थियाे । उनी संक्रमणमुक्त भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस