राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, २१ : १७
राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय

काठमाडौँ । विवेकशील साझा पार्टी बागमती प्रदेशले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।

विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहेपनि अन्य प्रदेशमा रहेको छैन । सो पार्टीले सर्वोच्चको  आदेश अनुसार नो भोटको व्यवस्था गरिनुपर्ने माग पनि गरेको छ । तर आदेश कार्यान्वयन नगरी हालसम्म पनि पुरानै ढर्रामा निर्वाचन गरिनु विडम्बनापूर्ण भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस