राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १५ : ३८
राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ । हेटौंडामा सम्पन्न मतदानमा कूल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका छ्न 

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ फरार रहेकाले अनुपस्थित भए । उनलाइ चेक अनादार केसमा काठमाडौ प्रहरीले पक्राउ पुर्जी जारी गरेको र गत श्रावण १२ बाट उपाध्यक्षलाई कार्यभार दिएर सम्पर्कविहिन रहेको प्रहरीको उच्च श्रोतले नेपाल प्रेसलाइ जानकारी दिएको छ ।

काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेर बहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन्द्र शाहले मतदान बहिस्कार गरेका छ्न ।

प्रदेश तह अन्तर्गत हाम्रो नेपाली पार्टीको २ सांसद ।शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीले मतदान प्रक्रिया बहिस्कार गरेका छन । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको कारण स्थानीय तहको एक जनाको मतभार कम भएको छ ।

चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान भएको थियो ।मत परिणाम आजै साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा सत्तारुढ गठवन्धन सहित एमाले, काङ्रेस र राप्रपाका १५ जना उम्मेदवार रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस