काठमाडौं । त्रिभुवन विश्वविद्यालले अति आवश्यकबाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले ९ बुँदे सूचना जारी गरी कार्यालय प्रमुखलाई सकेसम्म घरबाट हुने कामका लागि घरबाटै काम गर्न अर्थात् ‘वर्क फ्रम होम’ को व्यवस्था गर्न निर्देशन दिएको छ ।
कार्यालय प्रयोजनका सबै काम इमेलबाट गर्न सूचना जारी गर्दै त्रिविले अति आवश्यक परेका कर्मचारीलाई मात्र कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्रिविले जारी गरेको सूचनामा भोलि माघ ११ गतेदेखि सबै आंगिक क्याम्पस र अध्ययन संस्थानमा अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
त्यसै गरी कर्मचारीलाई संक्रमण देखिए ७ दिन र अस्पताल भर्ना भए अस्पतालले तोकेको समयसम्म बिदा बस्न सक्ने पनि सूचनामा उल्लेख छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १० माघ २०७८, ०७ : ५९
लेखकबाट थप