काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले (आज) शनिबार बिहान डाकेको सर्वदलीय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएको थियो ।
तर बिहान सवा १० बज्दा पनि बैठक बसेको छैन । एकमन्त्रीका अनुसार स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएको हो ।
सत्तारुढ पाँच दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ ।
तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ ।तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएको छ । यो विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएको हो ।
प्रमुख प्रतिपक्ष एमालेले संघको निर्वाचन पहिले कि स्थानीय तहको निर्वाचन भनेर टिप्पणी गरेको छैन । तर स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएको छ । सर्वदलीय बैठकबारे जानकारी प्राप्त नभएको बताएको एमालेले शनिबार बिहान भनेको छ -स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय