काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाले १४ किलोको मूला उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेको छ ।
शैलुङ–१, दूधपोखरी ठेकलका कृषक पदमबहादुर घिसिङले १४ किलोको मूला फलाएर सबैलाई चकित पारेको पालिकाले पुरस्कृत गरेको अध्यक्ष भरत दुलालले जानकारी दिए ।
अध्यक्ष दुलालले कृषक तामाङलाई गाउँपालिकामै बोलाएर सात हजार रुपैयाँ नगदसहित सम्मान गरेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ माघ २०७८, ०८ : ३७
लेखकबाट थप