जनकपुर । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मधेश प्रदेश’ नामसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतबाट पारित गरेको हो । प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभाको बैठकमा मतदान भएको थियो ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी ९जसपा०, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रस्ताव गरेको मधेश प्रदेशको पक्षमा दुई तिहाइ मत परेपछि सोही नाम पारित भएको हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । जसमध्ये ८० सदस्यले मधेश प्रदेशको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर,मधेस प्रदेशको प्रस्तावको पक्षमा रहेका जसपा,माओवादी केन्द्र र लोसपासँग दुई तिहाइ थिएन । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना प्रदेशसभा सदस्यले मात्रै प्रस्तावको पक्षमा मतदान गर्दा नाम पारित हुने अवस्था थिएन ।
कांग्रेस,एमाले र एकीकृत समाजवादी मधेस प्रदेश नाम राख्ने पक्षमा थिएनन् । कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको थियो भने शुरुमा ‘जनक’ नाम प्रस्ताव गरेको एमालेले पछि एकीकृत समाजवादीको ‘जानकी’ प्रस्तावलाई समर्थन गरेको थियो ।
तर,आजको मतदानमा मधेश नामको विपक्षमा रहेका ती दलका १७ सांसदले मतदान गरेपछि प्रस्ताव पारित भएको हो । गोप्य मतदान भएकाले कुन कुन दलका कुन सांसदले फ्लोर क्रस गरे भन्ने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त