प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १४ : ५७
प्रदेश २ को स्थायी राजधानी जनकपुरधामका लागि मतदान सुरु

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्ताव गरेका हुन् । राजधानीको लागि उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा तोकिएको छ । 

स्थायी राजधानीका लागि प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत अवश्यक पर्छ । 

प्रतिक्रिया दिनुहोस