आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, ११ : ०४
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको  महासंघले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस