काठमाडौँ । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैंकको निर्वाचनसहितको साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षता निर्वाचित गरेको छ । पौडेल यसअघि पनि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेका थिए । पौडेल शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट प्रस्तावित ३८ प्रतिशत लाभांश समेत पारित गरेको छ । बैंकले सेयरधनीहरूलाई नाफापछिको चुक्तापुँजीको ३३।६० प्रतिशत बोनस सेयर र ४।४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यो २७ वटा वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा धेरै लाभांश हो ।
बैंकले आर्थिक वर्ष २०७७र७८ मा कुल ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सम्पतिमा १५।१९ प्रतिशत र प्रति शेयर आम्दानी रु। ३३।५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पू“जी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।
साधारण सभामा मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई थप आधुनिकीकरण गर्दैै देशको व्यवसायिक गतिविधिहरुलाई गतिशीलता प्रदान गर्न र सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएको बताए । सो अवसरमा अध्यक्ष पौडेलले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा हरित वित्तपोषण, जलवायु परिवर्तन वित्तपोषणमा समेत थप लगानी गर्ने प्रतिवद्ध जाहेर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा
नमस्ते पे वालेटमा नबिल बैंकमार्फत ब्यालेन्स लोड गर्दा स्मार्टवाच र ईयरबड्स जित्ने मौका
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी