काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । मन्त्रिपरिषद्ले बिदा स्वीकृत गरेपछि सेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए ।
भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता
प्रधान सेनापति र श्रीलङ्काका राजदूतबीच भेट
प्रधान सेनापतिद्वारा बढुवा भएका अधिकारीहरुलाई दर्ज्यानी चिह्न प्रदान प्रधान