चितवन । नेकपा एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गते शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेकव आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ पुस २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा
सचिवालय बैठक बोलाउने एमालेको तयारी
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी