काठमाडौं । सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ ।
नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नुपरेको बताएका छन् ।
उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ ।
धर्नामा सहभागी भएकाहरूले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।
नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरूले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाइ सरकारले नगरेको धर्नामा बसेकाहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकको घेराउ, कार्यदल खारेज गर्न माग
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
सर्लाही काँग्रेस सभापतिलाई पदमुक्त गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना
त्रिवि रेक्टर कार्यालयको ढोकामा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना
त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग