त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, ११ : १३
त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग

काठमाडौँ ।  त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू प्रशासन शाखामै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको भन्दै बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।

गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौँ पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैरजिम्मेवार कार्यको विरुद्धमा त्रिविका आम विद्यार्थीहरू प्रशासनमा धर्नामा बसेका हुन् ।

धर्ना कार्यक्रम राति १२ बजे नै अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की, सचिव उपदेश यादव, सञ्जीव चौधरीलगाएतका केन्द्रीय नेताहरू धर्ना स्थलमा उपस्थित भई ऐक्यबद्धता जनाएका छन् ।

विद्यार्थीका जायज मागहरू यथाशीघ्र पूरा गर्न त्रिविका सम्पूर्ण पदाधिकारी कर्मचारी तथा सम्बन्धित निकायहरूलाई आग्रह गर्दै विद्यार्थीको आन्दोलनमा पुर्‍याउनको निम्ति नेता उपदेश यादवले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस