एजेन्सी । अमेरिकाले रुसले आफ्ना समर्थकमाथि आक्रमण गरे निर्णायक रूपमा त्यसको जवाफ दिने चेतावनी दिएको छ । युक्रेनसँग रुसको सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका र साझेदारहरूले निर्णायक प्रतिक्रिया दिने स्पष्ट पार्नुभएको हो । ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।
टेलिफोन कुराकानीपछि जेलेन्स्कीले ट्वीट गर्दै यस्ता किसिमको कुराकानीले दुई देशको सम्बन्धको ‘विशेष प्रकृति’ प्रमाणित गर्ने प्रतिक्रिया दिएका छन् । उच्च पदस्थ अमेरिकी र रुसी अधिकारीहरूले जनवरी ९ र १० मा जेनेभामा रुस र यूक्रेनबीच जारी संकटको बारेमा छलफल गर्नका लागि बैठक गर्दैछन् । रुस–नाटो परिषद्को वार्ता र युरोपमा सुरक्षा र सहयोग संगठनको बैठक पनि हुने भएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती बैठकहरू अघि संकट समाधानका लागि कदम चाल्नु पर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ पुस २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
ट्रम्पको अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति