काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाएका छन।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाए ।
उनले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गरे । कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ पुस २०७८, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ : अध्यक्ष ओली
एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता