काठमाडौं । बिहीबार गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।
सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको हो ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् । १५ पुसको रात सबैभन्दा लामो हुने जनविश्वास छ । यसपछिका रात घट्दै जाने गर्छ ।तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउदै
आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रमका साथ मनाउँदै
आज गुरुङ समुदायको ल्होसार, सार्वजनिक बिदा