एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ । मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार बेहोरेको हो । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।
बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ । पराजित लिभरपुल १९ खेलबाट ४१ अङ्कका साथ दोस्रो स्थानमा छ । लेस्टर सिटी भने १८ खेलबाट २५ अङ्कका साथ तालिकाको नवौं स्थानमा रहको छ ।
अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ गोलको बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ पुस २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित
लिभरपुलको लगातार दोस्रो जीत
डियाज र सलाहको गोलमा लिभरपुल विजयी