नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

पत्रपत्रिकाबाट

सोमबार, १२ पुस २०७८, ०७ : ०७
नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

काठमाडौं । चिकित्सकको सल्लाह र कुनै पनि किटाणुको परीक्षण गरेपछि मात्रै बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ। तर नेपालमा यसको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ। बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो।

अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पूर्जीबिना नै बिक्री गरेको पाइएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा। मेघनाथ धिमालले भने, ‘बिरामीले आफ्नै ढंगले औषधि पसलमा खरिद गर्न गएको देखिन्छ। बिरामीले मागेकै भरमा औषधि पसलबाट समेत यसको बिक्री गरेको पाइयो।’ गत वर्ष गरेको यो अनुसन्धानको पूर्ण प्रतिवेदन भने छिट्टै सार्वजनिक हुने बताइएको छ।

काठमाडौं उपत्यकाका एक सय ४७ चिकित्सक, ८७ वटा फार्मेसी र ३ सय ४३ जना बहिरंग विभागमा आएका बिरामीलाई एन्टिबायोटिक प्रयोग तथा बिक्री अभ्यासको बारेमा नमुना लिएर अध्ययन गरिएको थियो। सो अध्ययनको क्रममा कम बिरामीलाई मात्रै एन्टिबायोटिक आफूखुसी प्रयोग गर्न नहुने जानकारी थियो।

अस्पतालका बहिरंग विभागमा आएका ३ सय ४३ जना बिरामीहरूले पनि चिकित्सकको ‘पे्रसक्रिप्सन’ बिना नै औषधि किन्ने गरेको पाइयो। जीवाणुको क्षमता जाँच अर्थात् (व्याक्टेरियल सस्टेनेविलिटी टेष्ट) नगरी बिरामीको पे्रसक्रिप्सनमा एन्टिबायोटिक सिफारिस गर्न नपाइनेमा व्यवहारमा पूर्ण लागु नभएको अध्ययनको क्रममा देखिएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस