काठमाडौं । शनिबार प्रदेश १ र बागमती प्रदेश अन्तर्गतका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाको मौसमी बुलेटिनमा शनिबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने उल्लेख छ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी राति सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज देभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?