मकवानपुर । मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ । मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ । स्थानीयबासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला
डेढ महिनादेखि बेपत्ता वृद्धको शव भेटियो
डोटीको जंगलमा भेटियो महिलाको शव
बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा
जनकपुरको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो