पदाधिकारीको संख्या १५  बनाउन प्रचण्डको प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०९ पुस २०७८, २० : ४८
पदाधिकारीको संख्या १५  बनाउन प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५  बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका हुन् ।

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ ।

वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरे । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।