भरतपुर महानगरको दशौं नगरसभा : ४ वर्षमा ६१० किलोमिटर कालोपत्रे सम्पन्न,  ६ लेन सडक र सिटी हल तथा मेट्रो प्लाजाजस्ता ठूला आयोजना निर्माण

सफल खबर संवाददाता

विहीबार, ०८ पुस २०७८, १५ : ३३
भरतपुर महानगरको दशौं नगरसभा : ४ वर्षमा ६१० किलोमिटर कालोपत्रे सम्पन्न,  ६ लेन सडक र सिटी हल तथा मेट्रो प्लाजाजस्ता ठूला आयोजना निर्माण

चितवन । भरतपुर महानगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । पहिलो जननिर्वाचित स्थानीय सरकारका प्रतिनिधिका रूपमा करिब साढे चार वर्ष पूरा भएको छ। अहिलेका प्रतिनिधिहरुको यो अन्तिम नगर सभा हो । 

नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष २०७८ र ०७९ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षा गरेकी थिइन् । 
महानगर प्रमुख दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर”भन्ने अवधारणा एवं दीर्घकालीन सोचका साथ महानगरको विकास र जनताको सेवामा निरन्तर अघि बढिरहेको उनको भनाइ छ । भरतपुर महानगरले हालसम्म नौ वटा नगरसभा सम्पन्न गरिसकेको छ । यस अवधिमा उपलब्ध स्रोत साधनको सीमाभित्र रहेर केही महत्वाकाङ्क्षी तथा रुपान्तरणकारी योजनाहरु सम्पन्न भइसकेको छ ।  कतिपय योजनाहरु सम्पन्न हुने चरणमा रहेको छ। 

महानगर प्रमुख दाहालले नीति तथा कार्यक्रममा करिब साढे चार वर्षको अवधिमा सम्पन्न भएका र थालनी भएका महत्वपूर्ण परियोजना अघि सारेकी थिइन् । भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओपिडि टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर सुरु गरिएको महानगरको समृद्धिको यात्रामा देशकै रुपान्तरणकारी आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने रिङ रोड र लिङ्क रोड, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने मेट्रो प्लाजाको शुरुवातसम्म आइपुग्दा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, सुशासन, आन्तरिक आय लगायत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएका महानगर प्रमुख दाहालले बताइन् । 

उनले महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणाम स्वरुप साढे ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको बताइन् ।  संघीयसरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकैसबभन्दा लामो ८८.६ किमीको महानगरीय रिङरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भई सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ किमि निर्माणको लागि स्रोत सुनिश्चितताको पहल भइरहेको छ । साथै ५२ किमि लिंक रोडको काम निर्माणाधीन अवस्थामा रहेको छ।

महानगर प्रमुख दाहालका अनुसार पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु१ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ भएको ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ। यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी (पिपिइ) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ। भरतपुर महानगरपालिका,विरोक एन्ड कम्पनी र स्थानीय सरकार सवलीकरणको संयुक्त प्रयासमा पालिका स्तरमा सार्वजनिक(निजी परियोजना कार्यान्वयनका लागि परियोजना विकास निर्देशिकातयार पारी २०७८ मंसिर १६ गते सार्वजनिक गरिएको छ। 
महानगर प्रमुख दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्रलाई सँगसँगै भन्ने अवधारणाको उदाहरणीय नमुना प्रस्तुत गर्न सफल भएको बताइन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्यअनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु १ अर्व ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको प्रमुख दाहालको भनाइ छ । शारदानगर, जखडिमाई, दिव्यनगर , पार्वतीपुर , मेघौली र धनगढा खानेपानी लगायतकापरियोजनाले गर्दा महानगरबासीको स्वच्छ खानेपानीमा पहुँच विस्तार भएको प्रमुख दाहालले बताइन् ।  

भरतपुर महानगरपालिका वडा नं ३स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणका लागि डिपिआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा छ । यस्तै, महानगरले नारायणी नदी किनारलाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा बृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ भने बाँकी अन्य कामको लागि पर्यटन विभागबाट रु ७ करोडको टेन्डर भई शिलान्याश समेत भइसकेको छ । 

भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भई हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्सरे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको प्रमुख दाहालको भनाइ छ । 
यसबाहेक वडा नं ६ मा लक्ष्मीनारायण मन्दिर सहितको मनोरम पार्क, वडा नं १९ मा पहुँच मार्गसहितको रानीपोखरी पार्क निर्माण सम्पन्न हुने चरणमा रहेका छन्।

भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नति, नारायणी नदीमा जग्गा उकास सहित तटबन्धको गुरू योजना तयार भई कार्यान्वयनमा आएको छ भने भरतपुर महानगरपालिकाको प्रशासनिक भवन प्रदेश र संघ सरकारसँगको साझेदारीमानिर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अन्तिम चरणमा रहेको उनी बताउँछिन् । 

स्वास्थ्यको क्षेत्रमा भएका काम 

भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलार्इ निस्शुल्क ओपिडि टिकटको व्यवस्था, अस्पतालमा सुत्केरी हुने महिलाका लागि दुरीका आधारमा बढीमा रु २ हजार पाउने गरी एम्बुलेन्स र यातायात खर्च प्रदान, गर्भवतीका लागि निशुल्क झुल तथा क्याल्सियम सप्लिमेन्टेसन, पूर्ण खोप सुनिश्चित महानगर घोषणा, ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य संस्था सञ्चालनलगायतका कार्यक्रमहरूमार्फत्स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्यानउने कार्यमा जोड दिइएको प्रमुख दाहालले बताइन् । वडा नं ७, ८, २१, २३ र २६ लगायतका वडामा महानगरको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण कार्य अन्तिम चरणमारहेको महानगरले जनाएको छ । 

कोभिड १९ विरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसिल, जान्सेन खोप गरी करिब ४ लाख  मात्रा खोप लगाइएको र १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरुलाई समेत खोप लगाउने तयारी भइरहेको छ। भरतपुर महानगरपालिका वडा नं १५ मा १०० वेडको आयुर्वेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको छ भने देशभरिका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको देशकै पहिलो ३०० शैयाको शिक्षक अस्पताल यसै महानगरपालिकाभित्र स्थापना गर्ने गरी आवश्यक पहल भइरहेको प्रमुख दाहालको भनाइ छ । 

भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न तथा १० वटा भवन निर्माणाधीन अवस्थामा छन् यसबाटस्वास्थ्य सेवामा जनताको सहज पहुँच स्थापित हुनेछ।

कृषि क्षेत्रमा भएका काम 

दूधको उत्पादन वृद्धि गरी गरिबी न्यूनीकरणमा टेवा पुर्यासउने उद्देश्यले साविकमा दूग्ध उत्पादक किसानलाईलक्षित गरी प्रतिलिटर दूधमा प्रदान गरिएको प्रति लिटर रु १ अनुदानलाई वृद्धि गरी प्रतिलिटर रू ३ बनाइएको छ । हानगर दूध, मासु र मत्स्य उत्पादनमा आत्मनिर्भर भएको छ ।
पशु विकासको क्षेत्रमा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै ूएक वडा एक पशु सेवा प्राविधिकको व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्वुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन  संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिएको छ । 

कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई आयोजना सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।

कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषि यान्त्रीकरणमा उल्लेख्य लगानी गरेको छ। विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिनर१ वटा कम्वाइन हारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ।यी कार्यक्रमहरुलाई यस वर्ष पनि निरन्तरता दिई मूल्यांकनको चरणमा रहेको छ । 

फोहोर व्यवस्थापनको काम 
फोहोर मैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा डिपिआर बनेको छ । रु १ अर्व २५ करोड लागत अनुमान हुने गरी यही पौष १५ गतेभित्र जि टु जि सम्झौता मार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य अगाडि बढाउने गरी कार्य भइरहेको महानगर प्रमुख दाहालले बताइन् । महानगरपालिकाभित्र दर्जनौं पार्क, खुल्ला जिमखाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ।

विजुलीतर्फका काम 
नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम अन्तर्गतस्मार्ट सडक बत्ती योजनातथा १९ किमि भूमिगत विद्युत् लाइन विस्तारको कार्यअघि बढेको छ भने ७८ किमि सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ भने दोश्रो चरणमा भरतपुरका अन्य सडकहरुमा स्मार्ट स्ट्रिट लाइट जडानको कार्य सुरु हुने भरतपुर महानगरले जनाएको छ । 

महानगर प्रमुख दाहालका अनुसार साढे चार वर्षको अवधिमा १३ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। साथै ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नलति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाई विद्युतीयशासनको मार्गमा अघि बढेको छ । महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित वनाउनका लागि अफिस अटोमेसनको कार्य प्रारम्भ भएको छ । 

महानगरपलिकाले अम्ब्रेला स्ट्रिटको व्यवस्थापन गर्दै आएको र उक्त स्थानमाभ्यू टावर निर्माणमार्फत आन्तरिक आय वृद्धि गर्ने योजना राखिएकोछ। साथै चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ।साथै महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर पोखरा लुम्बिनी गोल्डेन ट्रयाङ्गल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको छ। साथै भरतपुर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ। देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।

२ वर्ष  अघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघसंस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको  छ। यसै वर्ष मानव सेवा आश्रमको भवन निर्माणका लागि थप बजेट उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको छ। जुन कुराले हामी सबैलाई गर्वको अनुभूति भएको छ। 

महानगरभित्र सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यलेविगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिका क्षेत्रभित्रको अतिक्रमित १०६ बिगाहा सार्वजनिक जमिन पहिचान भएको छ। छिट्टैउक्त जग्गाको डिजिटल अभिलेख तयार पारी सार्वजनिक गर्ने तयारी भइरहेको छ।
भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको छ। सोको श्रोत सुनिश्चितता पश्चात् निर्माण कार्य अघि बढ्ने जानकारी गराउन चाहन्छु।साथै महानगरीय यातायात गुरुयोजना तयारीको कार्यको लागि परामर्शदाता नियुक्तको लागि छनौट प्रक्रिया अन्तिम चरणमा रहेको छ।

शिक्षा क्षेत्रका कामहरु 
शिक्षा क्षेत्रमा विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ। सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्त्वपूर्ण कार्य सम्मन्न भएको छ। यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब ६ हजार बृद्धि भएको छ भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७५ रहेकोमा शैक्षिक सत्र २०७७ मा ५.५३५ ले बृद्धि भई ६२५ पुगेको छ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको छ।कुल साक्षरता दर ९८..५५ रहेको छ। नमुना विद्यालयहरु स्थापना भएका छन् ।

‘हाम्रो गौरव हाम्रो भरतपुर विषयको कक्षा १–८ को स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ।संस्थागत विद्यालयहरुको साझेदारीमा कक्षा ११ का २३९ जना विद्यार्थीहरुलाई मेरिट बेसमा विभिन्न संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्यको थालनी गरिएको छ।

विद्यालयलाई लैङ्गिक हिंसारहित बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक जना महिला शिक्षकलाई लैङ्गिक सम्पर्क शिक्षक तोकी २२० जना महिला शिक्षकलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अभिमुखीकरण सम्पन्न गरिएको छ।
युवा परिचालन मार्फत् सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गरी गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाटरु ६५ लाख विनियोजन गरी शिक्षण सहयोग अनुदानमा ३० जना युवा स्वयंसेवक शिक्षक परिचालन थालनी गरिएको छ। भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम् भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ। 

खेलकुदको क्षेत्रका कामहरु 

खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास कार्यविधि, २०७८ तर्जुमा भई नगर खेलकुद विकास समिति गठन भएको छ। साथै खेलकुदको विकासका लागि प्रतियोगिता सञ्चालन र खेल सामग्री सहयोग उपलब्ध गराइँदै आएको छ।एक वडा एक खेल मैदानको अवधारणाअनुसार खेल पूर्वाधार विकास अगाडि बढाइएको छ।

साहित्य क्षेत्रका कामहरु 
साहित्य, कला, संस्कृतिको उत्थानको लागि  ‘महानगर साहित्य दर्पण”,२०७८ प्रकाशनमा ल्याइएको र भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठनका लागि ऐनको मस्यौदा यसै नगरसभामा पेस गरिएकोछ। सामाजिक विकासमा युवा सहभागिता र नेतृत्व विकासका लागि युवा स्वयंसेवक शिक्षक परिचालन रसामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान पुर्योएका युवा संस्था सम्मान कार्यमार्फत् प्रोत्साहन गरिएको छ।युवा स्वयंसेवक तालिम, युवा परामर्श र सहुलियतपूर्ण कर्जामा व्याज अनुदानका कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको छ।

कति बढ्यो आम्दानी ?
प्रमुख रेनु दाहालका अनुसार स्थानीय तहको निर्वाचन भई पदाधिकारी आउनुपूर्व भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी रु ४० करोड ४२ लाख मात्र रहेकोमा गत आ। २०७७ र ०७८ मा १ अर्व ५ करोड आम्दानी प्राप्त भई चालु आव का लागि १ अर्ब २० करोड लक्ष्य राखिएको छ ।
देशकै गौरबको परियोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणमा देखिएको आर्थिक स्रोतको समस्या समाधान गरी यथाशक्य छिटो निर्माण सम्पन्न गर्न हालसम्मको कार्य मूल्याङ्कन गरी धुर्मुससुन्तली फाउन्डेसनबाट महानगरलाई हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

चालु आवको मंसिर मसान्तसम्मको वित्तीय प्रगति
महानगर प्रमुख रेनु दाहालका अनुसार आव २०७८।०७९ को कुल बजेट रु ४ अर्ब ८५ करोड ६१ लाख २९ हजार मध्ये चालुतर्फ विनियोजित कुल बजेट रु २ अर्व १८ करोड ११ लाख ७२ हजार तथा पूँजिगत खर्चतर्फ विनियोजित कुल बजेट २ अर्व ६७ करोड ४९ लाख ५६ हजार रहेको थियो। चालु आवको मंसिर मसान्त सम्म पूँजीगत खर्च ३४ करोड ८०लाख ८५ हजार र चालुतर्फको खर्च  ३४ करोड ८० लाख ८५ हजार भएको अवस्था छ।

यसरी हेर्दा पूँजीगत तथा चालु खर्च (संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम समेत) को प्रगति प्रतिशत क्रमशः १४ र २५ प्रतिशत हुन आउँछ। आयतर्फ आन्तरिक आम्दानीको प्रक्षेपण कुल रु १ अर्व २० करोडमध्ये मंसिर मसान्तसम्म जम्मा रु २९ करोड ६९ लाख ३ हजार अर्थात २४.७४ प्रतिशत संकलन भएको अवस्था छ।
नगरसभामा महानगरपालिका उपप्रमुख पार्वती शाह, प्रवक्ता अरुणपडित भण्डारी, वडाध्यक्ष चित्रसेन अधिकारीलगायतले मन्तव्य दिएका थिए । यसैबीच भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७८ पारित भएको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नेपालको संविधान २०७२ को धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ (१) बमोजिम “भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८”  पारित गरी लागु गरिएको छ ।